शंकर पोखरेलको जिल्लामा उपाध्यक्षकी उम्मेदवार नेतृ खड्का एमाले छाडेर कांग्रेसमा प्रवेश
लमही । एमालेकी स्थानीय नेतृ लक्ष्मी खड्काले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको घोषणा गरेकी छिन् ।
दाङको देउखुरीस्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा खड्काले एमालेको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन् । उनले उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवारलाई समर्थन गरेकी छिन् । साथै उनले कांग्रेसमा प्रवेश गरेको जनाएकी छिन् ।
एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा उपाध्यक्ष पदको उम्मेदवार बनेकी नेतृ खड्काले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेपछि खैलाबैला भएको छ ।
खानेपानी उपभोक्ता संस्थाको निर्वाचन पुस २७ गते हुन लागेको छ । एमालेले प्रगतिशील प्यानल बनाएको छ । खड्काले उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएर कांग्रेसमा प्रवेश गरेपछि एमालेलाई झट्का लागेको छ ।
एमाले छाडेको बताएकी खड्का हस्त लिखित प्रेस विज्ञप्ति जारी गरेर घरायसी तथा व्यवसायिक काममा व्यस्तता हुनु पर्ने भएकोले खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा उपाध्यक्षको पदको उम्मेदवारी फिर्ता लिएर कांग्रेसमा प्रवेश गरेको जनाएकी छिन् ।
कांग्रेस निकटको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा विनोदकुमार पाण्डे उम्मेदवार बनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया