नेपाल महिला संघकी अध्यक्ष राउतद्वारा जिल्ला कार्यसमिति र अध्यक्षहरूलाई परिपत्र
काठमाडौं । नेपाल महिला संघले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ आवेदन शुल्क २ सय रुपियाँ मात्र लिन परिपत्र गरेको छ ।
महिला संघकी अध्यक्ष उषा राउत मिश्रले बिहीबार नेपाल महिला संघका जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेर नेपाल महिला संघ केन्द्रीय कार्यमिति र निर्वाचन निर्देशन समितिको पुस २२ गतेको निर्णयाअनुसार महिला संघको क्रियाशील सदस्यता नवीकरण र नयाँ आदेवनको शुल्क २ सय लिने निर्णय भएको जनाएकी छिन् ।
‘नेपाल महिला संघका क्रियाशील सदस्यता नवीकरण तथा नयाँ आवेदन शुल्क २ सय रुपियाँ मात्र लिने । उक्त रकमबाट १ सय जिल्लाको कोषमा जम्मा गर्ने, बाँकी रकम १ सय रुपियाँ फारमसहित केन्द्रमा पठाउन पर्ने जानकारी गराउँछु’, परिपत्रमा अध्यक्ष राउतले भनेकी छिन् ।
अध्यक्ष राउतले नेपाल महिला संघको महाधिवेशन पूर्व सूचनाअनुसार नै गरिने भएको हुँदा जिल्लामा सक्रिय रुपमा क्रियाशील वितरण गर्न निर्देशन दिएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया