रविलाई धरौटीमा छाड्न आदेश दिएकै दिन प्रचण्ड र नेपालबीच भेट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ ।

बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दाहाल र नेपालबीच पछिल्लो राजनीतिक अवस्था, समाजवादी मोर्चा लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

दुई शीर्ष नेताहरूको भेटका क्रममा माओवादीका उपमहासचिव वर्षमान पुन तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बेदुराम भुसालको पनि उपस्थिति रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेर अदालतको आदेशमा धरौटीमा छाड्न आदेश दिएको दिन दाहाल र नेपालबीच भेटवार्ता भएको छ ।

Published : Thursday, 2025 January 9, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया