परराष्ट्रमन्त्री डा.राणाद्वारा कांग्रेस केन्द्रीय सदस्यद्वय कोइराला र हुमागाईंका परिवारजनप्रति समवेदना प्रकट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय रमा कोइराला र शिवप्रसाद हुमागाईंको निवासमा पुगेर समवेदना प्रकट गरेकी छिन् ।

बिहीबार परराष्ट्रमन्त्री डा.राणाले पति शोकमा रहेकी कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद रमा कोइरालाको भक्तपुरस्थित निवासमा पनि पुगेर समवेदना प्रकट गरेकी छिन् । नेतृ कोइरालाका पति ईश्वर शर्मा पौडेलप्रति मन्त्री डा.राणाले श्रद्धाञ्जलि प्रकट गरेकी छिन् ।

बिहीबार नै परराष्ट्रमन्त्री डा.राणाले काभ्रेपलाञ्चोकको पनौतीस्थित निवासमा पुगेर परराष्ट्रमन्त्री डा.राणाले मातृशोकमा रहेका कांग्रेस केन्द्रीय सदस्य हुमागाईं र परिवारजनप्रति समवेदना प्रकट गरेकी हुन् । डा.राणाले नेता हुमागाईंकी आमा स्व.देवमाया हुमागाईंप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।

Published : Thursday, 2025 January 9, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया