सभापति देउवाद्वारा ३७ वटा विभागमा सचिवहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभागमा सचिवहरू मनोनयन गरेका छन् ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार देउवाले प्रदेश समन्वय विभागको सचिवमा डा.रघु काफ्ले (तनहुँ), महिला विभागको सचिवमा कविता इटनी (धादिङ)लाई मनोनयन गरेका छन् ।

सूचना, सञ्चार तथा प्रचार विभागको सचिवमा गोपाल झा (महोत्तरी), वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको सचिवमा ई.समीक्षा चौधरी (कैलाली), उद्योग तथा व्यापार विभागको सचिवमा ध्रुव खड्का (काठमाडौं)लाई मनोनयन गरिएको छ ।

सहकारी विभागको सचिवमा चन्द्रप्रसाद ढकाल (नवपरासी), पेशागत तथा बुद्धिजीवी विभागको सचिवमा विजय तुम्बाहाम्फे (तेह्रथुम)लाई मनोनयन गरिएको छ ।

तराई–मधेश समन्वय विभागको सचिवमा ई. मनोजकुमार दास (पर्सा), दलित समुदाय समन्वय र सशक्तिकरण विभागको सचिवमा दीपक सोनी (दैलेख), धर्म–संस्कृति समन्वय विभागको सचिवमा ईन्द्रमान तुलाधर (काठमाडौं), वित्तीय संस्था समन्वय विभागको सचिवमा सिए दिलमानसिंह चन्द (सल्यान), थारू विभागको सचिवमा हल्लुप्रसाद चौधरी (दाङ) मनोनयन भएका छन् ।

द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभागको सचिवमा हेमलाल पुन (गुल्मी), स्थानीय तह समन्वय विभागको सचिवमा लेखनाथ पोखरेल (अर्घाखाँची), निर्माण व्यवसाय समन्वय विभागको सचिवमा एडी लामा (रामेछाप), कानून विभागको सचिवमा अधिवक्ता कलमबहादुर खत्री (सुर्खेत), खेलकुद विभागको सचिवमा राजन के.सी. (काठमाडौं), शुभेच्छुक संस्था समन्वय विभागको सचिवमा निर्मला क्षेत्री (अर्घाखाँची) मनोनयन भएका छन् ।

संसदीय मामिला विभागको सचिवमा वासु कार्की (काठमाडौं), गैर सरकारी संस्था समन्वय विभागको सचिवमा प्रल्हादवावु पन्त (गोरखा), आदिवासी जनजाति विभागको सचिवमा पासाङ शेर्पा (दोलखा), भू.पू. सैनिक विभागको सचिवमा सुनिता लामिछाने, (काठमाडौं), स्वास्थ्य विभागको सचिवमा ईश्वर कार्की (झापा), पिछडिएको क्षेत्र समन्वय विभागको सचिवमा उत्तम सिम्खडा (धादिङ) मनोनयन भएका छन् ।

आपूर्ति तथा उपभोक्ता विभागको सचिवमा मनोहरि तिवारी (काठमाडौं), श्रमिक तथा ट्रेड युनियन विभागको सचिवमा डी.पी. अर्याल (काठमाडौं), आर्थिक नीति तथा योजना विभागको सचिवमा नवीन खनाल (तनहुँ), विज्ञान तथा सूचना प्रविधि विभागको सचिवमा ई. सरोज धिताल (गोरखा), पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागको सचिवमा विपिन किरण (सुनसरी), अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको भोजराज श्रेष्ठ (सिन्धुपाल्चोक) मनोनयन भएका छन् ।

भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभागको सचिवमा वीरेन्द्र थापा (डडेल्धुरा), व्यवसायिक सिप विकास विभागको सुभाष कोइराला (रौतहट), पूर्व आप्रवासी समन्वय विभागको सचिवमा सुभाषप्रसाद लोहनी (मोरङ), साहित्य, कला तथा संस्कृति विभागको सचिवमा रिसवदेव घिमिरे (ललितपुर), बालबालिका तथा किशोर–किशोरी समन्वय विभागको सचिवमा रञ्जिता यादव (महोत्तरी) मनोनयन भएका छन् ।

मानवअधिकार विभागको सचिवमा डा. वासुदेव गिरी (लम्जुङ), उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सचिवमा खगेन्द्र आचार्य (काठमाडौं) मनोनयन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

Published : Friday, 2025 January 10, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया