बहुमतबिना सरकार बन्दैन, प्रत्येक सरकार बलियो हुन्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले भने, ‘प्रतिनिधिसभामा बहुमत नभैइ सरकार बन्दैन त्यसैले हरेक बनेका सरकारहरू बलिया हुन्छन् ।’
‘दुईवटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको छ’, महामन्त्री थापाले भने, ‘हामी कहिलेकाहीँ कुनै सरकार बलियो भन्छौं भने कुनै सरकारलाई कमजोर सरकार भन्छौं ।’
उनले भने, ‘मलाई चाँहि प्रत्येक सरकार बलियो लाग्छ । किन भने प्रतिनिधिसभामा बिना बहुमत सरकार बन्दैन ।’
‘नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो यो कारणले हो भनेर चाँही प्रमाणित गर्नुपर्छ’, उनले भने ।
उनले नागरिकले प्राप्त गर्ने लाभले मात्र यो सरकार बलियो हुने बताए । थापाले नागरीक खूसी भए मात्र सरकार बलियो हुँदै जाने र प्रमाणित समेत हुने बताए ।
महामन्त्री थापाले युवाहरूलाई आत्मसम्मान र खुशीकासाथ नेपालमै बस्न सक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेन्डा भएको बताए ।
थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेन्डा नेपालमै खुशीका साथ बस्न सक्ने गरिकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताए ।
उनले आफ्नो कमाइबाट खुशी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेन्डा रहेको बताए ।
उनले भने, ‘नेपालको अहिलेको सबैभन्दा ठूलो पोल्टिकल एजेन्डा भनेको नेपालको नौजवानहरूले नेपालमै बस्न सक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुशी हुने गरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठूलो राजनीतिक एजेन्डा हो ।’
उनले भने, ‘म रोजगारीको यो छलफललाई म प्रधानमन्त्रीको कोठामा पु¥याउन चाहन्छु । मैले कोशिस गरिरहेको छु । मैले आज भनेको कुरा त्यसकै एउटा उदाहरण हो ।’
‘म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो कोठामा यो विषय पु¥याउन चाहन्छु’, महामन्त्री थापाले भने, ‘त्यहाँ राजनीतिको र यहाँ आएपछि रोजगारीको कुरा गर्ने होइन, त्यही कोठामा कुरा हुनुपर्छ । त्यो कोठामा कुरा हुनुपर्छ ।’
महामन्त्री थापाले नेपालमा पाएको रोजगारीले खुशीसाथ बस्न सक्छु भन्ने वातावरण बनाउन सके मात्रै युवाहरू नेपालमा बस्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया