दुबै प्रहरी संगठनको विधेयक संसदमा लैजान स्वीकृति, उमेरसम्बन्धी विवाद अन्त्य हुने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेकलाई संसदमा पेस गर्न सरकारले स्वीकृति दिएको छ ।

शुक्रबार सिंहदरबारमा राति बसेको मन्त्रिपरिषद बैठकले विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

विधेयकमा प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विभिन्न व्यवस्थाहरू छन् । प्रहरी कर्मचारीहरूको उमेरका विषयमा उमेरसम्बन्धी विवाद रहँदै आएका छन् ।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानूनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।

Published : Saturday, 2025 January 11, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया