न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता खड्का सिफारिस
काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको बारको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता खड्काको नाम सिफारिस गरेको महासचिव अञ्जिता खनालले बताइन् ।
न्यायपरिषदले बारको सिफारिस सहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउनेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै सिफारिस भएका वरिष्ठ अधिवक्ता खड्काको नियुक्ति हुनेछ ।
बारबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो । यी दुई सदस्यको पदावधि चार वर्षको हुन्छ ।
Published : Saturday, 2025 January 11, 8:03 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया