अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन
काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका स्थापना भएको छ । अमेरिकी कानूनअनुसार हालै अमेरिकामा दर्ता भएको
महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले कामगर्ने उद्देश्य लिएको छ ।
संस्थाको प्रधानकार्यालय भर्जिनिया, अमेरिकामा रहनेछ । लामो समय क्रियाशील भएदेखि नयाँसम्मका वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहेका छन् । आगामी दिनमा महासंघलाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासंघले जनाएको छ ।
योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, बालकृष्ण चापागाईं, विजय घिमिरे महासंघमा सल्लाहकार छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको नव गठित कार्य समितिको अध्यक्षमा रामप्रसाद खनाल रहेका छन् । उपाध्यक्षमा वरिष्ठ पत्रकार टंक पन्त, अखण्ड भण्डारी, जीवराम भण्डारी, केदार कोइराला र सतीश चापागाई रहेका छन् ।
महासंघको महासचिवमा टंक दाहाल, सचिवमा अनिल अधिकारी र कोषाध्यक्षमा अर्जुन दाहाल रहेका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा विश्वराज थापा, नवराज कुँवर, दिनेश कार्की, कृष्णराज खनाल, अनिल थापा, सुमन दाहाल, सुरेन्द्र सापकोटा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया