ठूलो संख्यामा सचिवहरूको सरुवा, दुई सहसचिवलाई कामुको जिम्मेवारी

काठमाडौं । मन्त्री र सचिवहरूका बीच विवाद भइ बोलचाल नभएको भन्ने समाचारहरू आइरहेका बेला सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठक सचिव कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको स्रोतले जनाएको छ ।

सचिव विनोद सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सररुवा गरिएको छ । सचिव गणेश पाण्डेको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ ।

सचिव लक्ष्मी बस्नेतलाई महिला बालबालिका मन्त्रालयमा सरुवा गरिएको छ । सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

सचिव रविलाल पन्थको संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सरुवा गरिएको छ । सचिव लोकनाथ पौड्यालको कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

सचिव हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालय, सचिव चूडामणि शर्मा पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सचिव महादेव पन्थको बागमती प्रदेशमा सरुवा गरिएको छ ।

सचिव मुकुन्दप्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ । सहसचिवद्वय बाबुराम अधिकारीको लुम्बिनी प्रदेश र मदन भुजेलको मधेस प्रदेशमा कामु सचिवको रुपमा सरुवा भएको छ ।

Published : Sunday, 2025 January 12, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया