अंकगणितले साना पार्टीलाई सरकारको नेतृत्व दिनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ : उपसभपाति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

बिहीबार पोखरामा आयोजित कार्यक्रममा खड्काले वर्तमान सरकार गठनका बेला गरिएको सातबुँदे सम्झौतामा संविधान संशोधनको विषय पनि उल्लेख भएको बताए । उनले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

उनले राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले भने, ‘संविधान निर्माण गरेको नौ वर्ष पूरा भएको छ, संविधान बनाउने बेलामा पनि आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने विषय उल्लेख भएको हुँदा त्यसै अनुसार संशोधन गर्ने दिशामा कांग्रेस अग्रसर छ ।’

‘मिश्रित निर्वाचन प्रणालीमा कुनैपनि दलको बहुमत नआउने र संसदको अंकगणितका कारण साना पार्टीलाई सरकारको नेतृत्व दिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ’, उपसभापति खड्काले भनेका छन् ।

Published : Thursday, 2025 January 16, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया