सियारीको ईटा उद्योगमा भारतीय नागरिकको हत्या

भैरहवा । भारतीय नागरिकको हत्या गरेको अभियोगमा प्रहरीले रुपन्देही जिल्लामा २४ वर्षीय कृष्ण केवटलाई पक्राउ गरेको छ ।

रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारतको गोरखपुर जगल–६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा कृष्ण केवटलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सियारी गाउँपालिका–६ वर्दहवा बस्ने कृष्ण केवटलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूबीच एकआपसमा झै–झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका निष्ठुरी केवटको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले कृष्ण केवटलाई पक्राउ गरेको छ ।

Published : Friday, 2025 January 17, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया