कांग्रेसद्वारा पहिलो पटक नौलो कार्यक्रमको आयोजना, स्टार्ट अफ सम्मेलनमा के छन् आकर्षणहरू ?

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले बुधबारदेखि दुई दिन ‘नेपाल स्टार्ट अफ र साना मझौला व्यवसाय सम्मेलन’ गर्न लागेको छ ।
बुधबार बिहान ९ बजे सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्ने विभागकी प्रमुख उर्मिला थपलियाले बताएकी छिन् । सम्मेलनको तयारी स्वरुप कांग्रेसको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा स्टलहरू निर्माण गरिएको उनले बताएकी छिन् ।
सम्मेलन माघ १६ र १७ गते हुनेछ । नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलनको आवश्यक तयारी भैसकेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले मंगलबार विज्ञप्ति जारी गरेर बताएका छन् ।
‘यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धन समेत हुने विश्वास लिएका छौँ’, विश्वकर्माले भने ।
‘सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउनेछन् र दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्रमार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरूबीच छलफल हुनेछ’, प्रचार विभागका प्रमुख विश्वकर्माले भने ।
‘सम्मेलनको समुद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले माघ १६ गते बिहान ९ बजे गर्नु हुने कार्यक्रम रहेको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।











बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया