सहकारी ठगलाई चैन, आशिकालाई ऐन, किन प्रहरीको दोहोरो चरित्र ?

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सामाजिक अभियन्ता बताउने आशिका तामाङ दुबै पक्राउ परेका छन् ।
उनीहरूप्रति प्रहरी प्रशासनले विभेद गरेको छ । लामिछाने र तामाङलाई प्रहरीले देखाएको दोहोरो चरित्रले सानालाई ऐन, ठूलालाई चैन भन्ने चरितार्थ भएको छ ।
लामिछाने सहकारी ठगी काण्डमा पक्राउ परेका छन् । लामिछानेविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगसहित मुद्दा दायर भइसकेको छ । लामिछानेलाई सुविधामाथि सुविधा थपिएको छ । लामिछानेलाई प्रहरीले पक्राउ गरेदेखि कुनै पनि दिन हत्कडी लगाएको छैन ।
तामाङलाई प्रहरीले हत्कडी लगाएर राखेको छ । सार्वजनिक स्थानमा गालीगलौज र अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेकी तामाङप्रति प्रहरी प्रशासनले देखाएको दोहोरो चरित्रको आलोचना भइरहेको छ ।
हत्कडी लगाउने हो भने लामिछाने र तामाङ दुबैलाई लगाउनु पर्छ । होइन भने ठूलालाई हत्कडी नलगाएर सुविधामाथि सुविधा दिने र सानालाई हत्कडी लगाएर दुःख दिने कार्य संविधान विपरित हो ।
अपराध गरेका छन् भने लामिछाने र तामाङ मात्रै होइन जो कोहीलाई पनि कानूनअनुसार हदैसम्मको कारबाही हुनुपर्छ । होइन भने पहुँचको भरमा कसैलाई पत्नीको जिम्मा लगाएर पठाउने, कसैलाई हत्कडी लगाएर सडकमा हिँडाउने कार्य तत्काल बन्द हुनुपर्छ । तामाङलाई हत्कडी लगाउने हो भने लामिछानेलाई पनि हत्कडी लगाउनुपर्छ । संविधान, कानून र ऐन सबैका लागि बराबरी हुनुपर्छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया