संस्थागत स्थायित्व कायम गरी आर्थिक समुन्नतिको मार्गमा जानुपर्छ : सभापति देउवा
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Sherbahadur-Deuba-4.jpg?resize=810%2C461&ssl=1)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुने बताएका छन् ।
बिहीबार शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले भने, ‘परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए ।’
‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न शहीद दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, सभापति देउवाले भनेका छन् ।
उनले भने, ‘नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनस्र्थापना, लोकतन्त्रको संरक्षण र सम्वर्द्धनका लागि नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा होमिएर अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् ।’
उनले भने, ‘नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उनीहरूको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न आज हामी शहीद दिवस मनाइरहेका छौं ।’
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया