कलंकीमा धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले २० वर्षीय सुशील तामाङलाई पक्राउ गरेको छ ।

काठमाडौंको कलङ्कीस्थित सीता पेट्रोल पम्प अगाडि विवाद हुँदा फागुन २९ गते सुशील तामाङले मोरङ घर भएका ३० वर्षीय सुवास राईलाई खुकुरी प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका सुवास राई कालीमाटीमा बस्दै आएका छन् । घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील बोहराले बताएका छन् ।

आरोपी सुशील तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

Published : Friday, 2025 March 14, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया