त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसंघद्वारा दीपक जोशीको आधिकारिक प्यानल सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को आधिकारिक प्यानल सार्वजनिक भएको छ ।
नेविसंघका दीपकराज जोशी सभापति रहेको प्यानलको नामावली सार्वजनिक भएको छ । नेविसंघको प्रचार प्रसार समितिका अनुसार दीपकराज जोशी सभापति रहेको प्यानलका उम्मेदवारलाई मतदान गरेर विजयी गराउन अपील गरिएको छ ।
नेविसंघको आधिकारिक सभापतिमा दीपकराज जोशी, सचिवमा अश्विन दुवाडी, कोषाध्यक्षमा सगुन कंडेल रहेका छन् । प्रत्यक्षतर्फका सदस्यका उम्मेदवारहरूमा सौरभ कोइराला, पासाङ किंपा शेर्पा, सिलास थापा तामाङ, खगराज गिरी, वाशुदेव हमाल, शिशिरबिक्रम के.सी., मनिराम ओझा र रोहित चौधरी रहेका छन् ।
नेविसंघ केन्द्रीय प्रचार प्रसार समितिले त्रिभुवन विश्वविद्यालयसहित देशभरिका क्याम्पसहरूमा चैत ५ गते हुन लागेको निर्वाचनमा नेविसंघका आधिकारिक उम्मेदवारहरूलाई मतदान गरि विजयी बनाउन अपील गरेको छ । नेविसंघको नाम लिएर प्रचार प्रसार गर्ने, नेविसंघले नचिनेका विद्यार्थीका उम्मेदवारहरूको बहकाउमा नलाग्न आग्रह गरिएको छ ।

बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया