त्रिचन्द्र कलेजमा नेविसंघबाट दुईथरी टिकट, गगन-शीतलनिवास र शेखर समूहका आफ्नै उम्मेदवार

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको दोहोरो चरित्रका कारण त्रिचन्द्र क्याम्पस, घण्टाघर, काठमाडौंमा बबाल भएको छ ।

अध्यक्ष शेर्पाले शुरुमा त्रिचन्द्र क्याम्पसको स्ववियु निर्वाचनको सभापतिका लागि श्रीधर श्रेष्ठलाई टिकट दिएका थिए । पछि महामन्त्री गगन थापासँग मिलेर श्रीधर श्रेष्ठको टिकट खोसेर गोविन्द कोइरालालाई टिकट दिएपछि लफडा भएको एक विद्यार्थी नेताले बताएका छन् ।

नेविसंघ केन्द्रीय महाधिवेशन निर्देशन समितिका संयोजक समेत रहेका नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले अध्यक्ष शेर्पालाई बोलाएर त्रिचन्द्र कलेजको स्ववियु सभापतिको टिकटका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा सह–महामन्त्री राठौरसँग श्रीधर श्रेष्ठलाई टिकट दिने सहमति गरेर बाहिरिएका नेविसंघ अध्यक्ष शेर्पाले महामन्त्री थापा निकट मानिने गोविन्द कोइरालालाई टिकट दिएका थिए । त्यसपछि त्रिचन्द्र कलेजमा नेविसंघभित्र लफडा भएको थियो ।

शुरुमा टिकट दिने सहमति भएका श्रीधर श्रेष्ठ संस्थापन समूह निकट मानिन्छन् । श्रीधर श्रेष्ठ त्रिचन्द्र कलेजमा निकै लोकप्रिय विद्यार्थी नेता हुन् । श्रीधर श्रेष्ठले सभापतिको टिकट पाएको भए सबै नेताहरूको समर्थन रहने थियो ।

केन्द्रीय अध्यक्ष शेर्पाले महामन्त्री थापासँग मिलेर सभापतिको टिकट दिएका गोविन्द कोइराला कलेजमा कमजोर जनाधार रहेका नेता भएको आरोप छ ।

अध्यक्ष शेर्पाले गोविन्द कोइरालालाई सभापतिको टिकट दिएपछि राष्ट्रपति रामचन्द्र पौडेल निकटका विद्यार्थी नेता विवेक बानियाँ र नेता शेखर कोइराला निकटका विद्यार्थी नेता सागर न्यौपानेले सभापति पदमा विद्रोही बनेर उम्मेदवारी दिएका छन् ।

त्रिचन्द्र क्याम्पस नेविसंघ र नेपाली कांग्रेसको लागि निकै महत्व राख्छ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेविसंघका पूर्वअध्यक्ष समेत रहेका सहमहामन्त्री
किशोरसिंह राठौर, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री शंकर भण्डारी लगायतका नेताहरू त्रिचन्द्र कलेजका उत्पादन हुन् ।

महामन्त्री गगन थापा निकटका गोविन्द कोइराला सभापतिमा पराजित हुने भएपछि विभिन्न बखेडाहरू गरिहेका छन् । त्रिचन्द्र कलेज प्रशासन र निर्वाचन समितिले गगन थापा निकटका गोविन्द कोइराला पराजित हुने सम्भावना देखेपछि बिभिन्न बखेडाहरू झिकेर तालाबन्दी लगायतका हर्कत गरिरहेको छ । गोविन्द कोइाराल र क्याम्पस प्राशसन तथा निर्वाचन समितिको हर्कतका कारण चैत ५ गते त्रिचन्द्र कलेजमा स्ववियु निर्वाचन हुने कुनै पनि सम्भावना नरहेको विद्यार्थी नेताहरूले बताएका छन् ।

Published : Saturday, 2025 March 15, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया