तरुण दलद्वारा भक्तपुरमा पूर्णकालीन सदस्यता वितरण, कांग्रेस सभापति थापा आफै खटिए

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले पूर्णकालीन सदस्यता वितरणको कार्यलाई तिब्रता दिएको छ ।

तरुण दल भक्तपुरका अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य राजु थापाले विभिन्न वडाहरूमा पुगेर तरुण दलको पूर्णकालीन सदस्यता वितरणको कार्य गरिएको बताए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभाका सांसद दुर्लभ थापा आफै पनि तरुणहरूसँग वडाहरूमा खटिएर पूर्णकालीन सदस्यता वितरणमा सहयोग गरेका छन् । सभापति थापाले तरुणहरूले नेपाली कांग्रेसलाई बलियो बनाउने भएको हुँदा तरुणहरूलाई एक ठाउँमा ल्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

भक्तपुर तरुण दलले केन्द्रबाट आएको पूर्णकालीन सदस्यता फारामहरू विभिन्न वडाहरूमा पुगेर वितरण गर्दै आएको छ । फारामहरू अभिलेखका लागि केन्द्रमा पठाइनेछ ।

Published : Saturday, 2025 March 15, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया