पोखरा नर्सिङ क्याम्पसमा नेविसंघबाट रचना नेतृत्वको प्यानल, विजयी बनाउन अपील

पोखरा । पोखरा नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट सभापतिमा उम्मेदवारी दिएकी रचना पौडेल नेतृत्वको प्यानललाई विजयी बनाउन अपील गरिएको छ ।
रचनाको प्यानलमा सचिवमा श्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बराल रहेका छन् । प्रत्यक्षतर्फका सदस्य पदका उम्मेदवारमा सरस्वती खनाल, मर्टिना थापा मगर, किरण सेन, कृति सिग्देल र रुमिता गौतम रहेका छन् । स्ववियुको निर्वाचन चैत ५ गते हुन लागेको छ ।
समानुपातिक सदस्यतर्फको पदमा नम्रता चापागाईं, ममर्ता शर्मा, गीता घले, अञ्जु गौतम र सञ्चिता दाहाल प्रतिस्पर्धामा छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ सल्यान निवासी रचना अध्ययनका लागि पोखरामा बस्दै आएकी छिन् ।
पोखराको गैह्रापाटनस्थित, कुम्दिनी होम्सबाट एसएलसी उत्तीर्ण गरेसँगै पोखरा नर्सिङ क्याम्पसमा रचनाले अध्ययन गर्दै आएकी छिन् ।
पोखरा नर्सिङ क्याम्पसबाट पीसीएल नर्सिङ र ब्याचलर इन नर्सिङ उत्तीर्ण गरी हाल रचना सोही कलेजमा मास्टरिन नर्सिङ अध्ययनरत रहेकी छिन् ।
रचना विगत दश वर्षबाट नेविसंघमा आवद्ध छन् । कलेजले गर्ने प्रत्येक नेविसंघका कार्यक्रममा सामेल हुँदै नेविसंघको सदस्य, सचिव हुँदै हाल स्ववियुको सभापति रचनाले प्रतिस्पर्धा गर्न लागेकी छिन् ।
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया