पद्म कन्या कलेजमा नेविसंघबाट सभापतिमा पूर्णिमाकाे मनाेनयन, पूरै प्यानलकाे उम्मेदवारी दर्ता

काठमाडौं । पद्म कन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौंमा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट पूर्णिमा परियारले सभापतिमा पूरै प्यानलसहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा मनाेनयन दर्ता गराएकी छिन् ।

आइतबार भएको निर्वाचन प्रक्रियामा पूर्णिमाले सभापतिमा मनाेनयन दर्ता गराएकी हुन् । पूर्णिमा पद्म कन्या बहुमुखी क्याम्पसमा नेविसंघको ईकाइ सभापति पनि हुन् । पूर्णिमा लाेकप्रिय नेतृ मानिन्छन् ।

चैत ५ गते स्ववियु निर्वाचन हुन लागेकाे छ । नेविसंघले पूर्णिमाकाे नेतृत्वमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न लागेकाे छ । पीके कलेज नेविसंघको गढका रुपमा परिचित छ ।

Published : Sunday, 2025 March 16, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया