नुवाकोटका हीरा तामाङ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन व्यूरो, बबरमहल, काठमाडौंले ३४ वर्षीय हीरा तामाङलाई पक्राउ गरेको छ ।

व्यूरोको टोलीले तामाङलाई काठमाडौंबाट आइतबार पक्राउ गरेको जनाएको छ । घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पु¥याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ घर भएका तामाङलाई पक्राउ गरेर अनुसन्धान शुरु भएको छ ।

तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुवई हुँदै इराकमा पु¥याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

तामाङविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2025 March 18, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया