परराष्ट्रमन्त्री डा.राणासँग ट्रम्पका राष्ट्रिय सुरक्षा सहायकद्वारा भेट, नेपाललाई दिने आर्थिक सहयोगको प्रतिबद्धत

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलले भेट गरेका छन् ।

भारतको विदेश मन्त्रालयद्वारा आयोजित राइसिना डायलग कार्यक्रमका क्रममा मंगलबार नयाँ दिल्लीमा डा.राणा र गिलबीच भेटवार्ता भएको हो । डा.राणा र गिलबीच नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको छ ।

गिलसँग परराष्ट्रमन्त्री डा.राणाले हमासको नियन्त्राणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह पनि गरेकी छिन् । विपिन जोशीको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको डा.राणाले स्मरण गराएकी छिन् ।

विपिन जोशीको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको परराष्ट्रमन्त्री डा.राणाले गिललाई जानकारी गराएकी छिन् ।

विश्वका नेता एवं आफ्ना समकक्षीहरूसँगको भेटमा परराष्ट्रमन्त्री डा.राणाले विपिन जोशीको रिहाइका लागि सहयोगको याचना गर्दै आएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणासँगको भेटमा अमेरिकी वरिष्ठ सुरक्षा निर्देशक गिलले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Published : Tuesday, 2025 March 18, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया