पदाधिकारीहरूसँगको परामर्शपछि सभापति देउवाले बोलाए कार्यसम्पादन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

मंगलबार बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । कार्यसम्पादन समितिको बैठक चैत १० गते बस्नेछ ।

प्रवक्ता डा.महतले भने, ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं ।’

सरकारका विषयमा विभिन्न खालका अड्कलबाजी भइरहेका बेला सभापति देउवाले पदाधिकारीहरूसँग परामर्श गरेर कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

Published : Tuesday, 2025 March 18, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया