परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री डा.जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतीय विदेशमन्त्री डा.एस.जयशंकरबीच भेटवार्ता भएको छ ।

रायसिना संवादको कार्यक्रमका क्रममा मंगलबार भारतको नयाँ दिल्लीमा डा.राणा र डा.जयशंकरसँग अत्यन्तै फलदायी कुराकानी भएको हो ।

डा.राणाले भनेकी छिन्, ‘भारतीय विदेशमन्त्री डा.एस.जयशंकर र मैले द्विपक्षीय सम्बन्धको समीक्षा गर्‍यौं । विभिन्न क्षेत्रहरूमा जारी संलग्नताहरूबारे छलफल गर्‍यौं । जनता–जनता र कूटनीतिक आदानप्रदान बढाउनका लागि अवसरहरू पहिचान गर्‍यौं ।’

उनले भनिन्, ‘आफूले भारतको छिमेकी पहिलो नीतिको लागि प्रशंसा व्यक्त गरेको छु । भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको बताएकी छु ।’

Published : Tuesday, 2025 March 18, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया