खेलकुदमन्त्री महर्जनसहितकाे टाेलीद्वारा गौरीटार रंगशालाकाे अवलोकन

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले २५ कराेडकाे लागतमा निर्माणाधीन गौरीटार रंगशालाकाे स्थलगत अवलाेकान भ्रमण गर्नुका साथै कार्यप्रगतिकाे जानकारी लिएका छन् ।

मंगलबार हेटौंडास्थित रंगशालामा पुगेर मन्त्री महर्जनले कामकाे प्रगतिकाे जानकारी लिएको युवा तथा खेलकुद मन्त्रालयका सचिव उदय राना मगरले बताए । मन्त्री महर्जनले गौरीटार रंगशाला बागमती प्रदेश सरकारकाे गौरवकाे रुपमा रहेकाे भन्दै भौतिक पूर्वाधारकाे काम मापदण्डअनुसार हुनु पर्ने बताएका छन् ।

२५ करोड लागतमा निर्माणाधीन रंगशाला अबको केही दिनमा मन्त्रालयलाई हस्तान्तरण गर्ने तयारी रहेकाे बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले बताए ।

खेलकुदमन्त्री महर्जनले बागमती प्रदेश खेलकुदकाे हबको रुपमा रहेको भन्दै अबको बजेटमा राष्ट्रियस्तरको रंगशाला निर्माणको निमित्त अन्य जिल्लामा पनि बजेट बिनियोजनको प्रक्रिया अगाडि बढाइने बताए ।

गौरीटार रंगशालाकाे भौतिक पूर्वाधारकाे काम के कति भएको छ भनेर जानकारी लिन मन्त्री महर्जनसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव उदय राना मगर, खेलकुद परिषदका सदस्य सचिव दीपक लामा लगायतकाे टाेली रंगशाला पुगेको थियाे ।

खेलकुद ब्याकग्राउण्डबाट राजनीतिमा प्रवेश गरि खेलकुद मन्त्री बनेका महर्जनले बागमती प्रदेशलाई नै खेलकुदमय बनाइरहेका छन् ।

Published : Tuesday, 2025 March 18, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया