सभापति देउवाले बोलाए कार्यसम्पादनका पदाधिकारी र सदस्यहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरूलाई बोलाएका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि सदस्यहरूलाई सूचित गरिएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत्र १० गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

Published : Wednesday, 2025 March 19, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया