नेपाल-चीन बीच सन् २०१९ मा हस्ताक्षर, सीमा जोडिएका जिल्लाका नेपालीलाई अनुमति पत्र उपलब्ध गराउने कार्यविधि कार्यान्वयन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल-चीन बीच सन् २०१९ मा हस्ताक्षर भएको भन्दै सोहि बमोजिम चीनसंग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकहरूलाई चीन आवागमन (Exit-Entry) अनुमति पत्र (प्रवेश-पास) उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको बताएका छन् ।

प्रतिनिधि सभाकाे बिहीबार बसेकाे बैठकमा सांसदले साेधेकाे प्रश्नको जवाफमा ओलीले कार्यविधिमा उल्लेखित १४ नाकाहरूमध्ये उरै भञ्‍ज्याङ, बझाङ पनि रहेको बताएका छन् । सो नाका सुचारू गर्न सम्बन्धित निकायहरूसंग समन्वय एवम् कुटनीतिक तवरमा पहल भैरहेको ओलीले बताएका छन् ।

ओलीले भने, `अस्ति हिउँ परेको हुनाले उचाईमा भएको हुनाले आवागमन भएन कि नत्रभने खोल्ने सम्बन्धमा कुराकानी भइसकेर १४ वटा खोलिएका नाकाहरुमध्ये यो पनि पर्छ । प्राविधिक हिसाबले कुनै कारण परेको होला ।´

`त्यसमा ध्यानाकर्षण गराउनुु भएकोमा धन्यवाद छ । तर यी नाकाहरु खोल्ने सन्दर्भमा यो कार्यविधिहरु बनाएर चीन सरकारसँग कुरा गरेर नाकाहरु खुलाइएको कुरा माननीयज्यूलाई जानकारी रहेछ, धन्यवाद भन्न चाहन्छुु´, प्रधानमन्त्री ओलीले भने ।

Published : Thursday, 2025 March 20, 2:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया