लुम्बिनीमा लुम्बिनी शान्ति महोत्सव

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्री पाण्डेले लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवको सुवात गरेका छन् ।
बिहीबार लुम्बिनीस्थित बुद्वमाया गार्डेन होटलमा महोत्सवको शुभारम्भ गरिएको हो । नेपालस्थित चिनियाँ दूतावास र संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयसँगको सहकार्यमा महोत्सव गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले बताएका छन् ।
उपाध्यक्ष डा.लामाले लुम्बिनी बुद्वको जन्मस्थलसंगै शान्ति र सदभावको पवित्रस्थल रहेको बताए । विश्वभरिका डेढ अर्ब बौद्वमागर्गीहरू जीवनमा एकपटक लुम्बिनी आउन चाहने बताए । डा.लामाले लुम्बिनीको प्रचार–प्रसारका लागि चीनको सहयोगको अपेक्षा गरेको बताएका छन् । उनले लुम्बिनीलाई लक्षित गरि निर्माण भएको गौतमबुद्व विमानस्थलमा चीनका विभिन्न प्रदेशबाट उडानको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पूर्वमन्त्री जीवनराम श्रेष्ठले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले शान्ति, सदभाव र एकतालाई बलियो बनाउने बताए । उनले चीनसंग नेपालको पुरानो सम्बन्ध भएको बताउँदै यसले भातृत्व र अन्तर्राष्ट्रिय सम्बन्ध दिगो बनाउन सहयोग गर्ने बताए । श्रेष्ठले शनिबार शान्ति म्याराथन प्रतियोगिता समेत राखिएको बताए ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले नेपालसंगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रोपटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरिएको बताएका छन् ।

लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको चिनियाँ दूतावासले जनाएको छ ।
महोत्सवमा शुक्रबारका दिन मायादेवी मन्दिर बाहिर पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन गरिनेछ । शनिबार चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ ।
महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर सहयोगी छन ।
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया