कांग्रेसका कार्यकर्ताले विवादित मन्त्रीलाई औकात र हैसियत देखाइदिए

काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार पार्टी कार्यालय वीपीनगर, ललितपुरमा खेलकुदमन्त्री चौधरीलाई कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । चौधरी कांग्रेसबाट खेलकुदमन्त्री बनेका छन् ।

मन्त्री चौधरीले आफ्नै निजी विद्यालयकी शिक्षिकालाई राष्ट्रिय खेलकुद परिषदको सदस्य बनाएका छन् । खेलकुदको क्षेत्रमा चौधरीले कांग्रेसको नीति विपरितका क्रियाकलाप गर्दै आएका छन् ।

कांग्रेसको खेलकुद विभागले आयोजना गरेको खेलकुद नीति विषयक विचार गोष्ठीमा वक्ताका रूपमा सहभागी हुन पार्टी कार्यालयमा आएका थिए । खेलकुद क्षेत्रलाई तहस नहस बनाएको आरोप खेप्दै आएका मन्त्री चौधरीसँग कांग्रेसका कार्यकर्ता र खेलाडीहरू असन्तुष्ट छन् ।

खेलकुमन्त्री चौधरीलाई कांग्रेसका कार्यकर्ताले विरोधमा नाराबाजी पनि गरेका छन् । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठन विरोधी गतिविधि अन्त्य गर’लगायत नारा लगाएका छन् ।

Published : Friday, 2025 March 21, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया