प्राधिकरण ध्वस्त हुँदा पनि प्रदीपसँग बोल्न नसक्ने निकम्मा उप-महानिर्देशकहरू

काठमाडौं । महानिर्देशक प्रदीप अधिकारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण तहस नहस हुने अवस्थामा पुग्दा समेत वरिष्ठ जिम्मेवारी कर्मचारीहरू कानमा तेल हालेर बसेका छन् ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई प्रभावमा पारेर ११ तहका प्रदीपले महानिर्देशक पद कुम्ल्याएका थिए । प्रदीपले महानिर्देशक पदमा करीव ३ वर्ष पूरा गरिसकेका छन् । प्रदीपका कारण प्राधिकरण बेहालको अवस्थामा पुगेको छ । नेपाली हवाई उड्डयन क्षेत्र असुरक्षित रहेको भन्दै युरोपियन युनियनले कालोसूचीमा राखेका छन् । हवाई क्षेत्र अस्तव्यस्त र असुरक्षित भएपछि सरकारले प्राधिकरणलाई विभाजन गर्न भनेर प्रतिनिधि सभामा विधेयक पनि पुगेको छ ।
प्रदीप महानिर्देशक बनेर आएपछि ठूलाठूला हवाई दुर्घटना भइसकेका छन् । सरकारले प्रदीपलाई छानविनको दायरामा ल्याएर स्पष्टीकरण समेत सोध्न सकेको छैन । बरु प्रदीपले बिचौलिया र मन्त्रीहरूलाई प्रभावमा पारेर आफू अनुकूल गतिविधिहरू गरिरहेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अर्बौं रुपियाँ घोटाला भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अख्तियारले प्रदीपसँग पटक पटक बयान लिइसकेको छ ।
प्रदीपले प्राधिकरणलाई तहस–नहस बनाएर ध्वस्त बनाउँदा समेत प्राधिकरणमा रहेका १२ तहका ६ जना उप–महानिर्देशकहरू रमिता हेरेर बसेका छन् । प्राधिकरणमा एकजना उप–महानिर्देशक अवकासमा गएका छन् । ५ जना उप–महानिर्देशक कार्यरत छन् । प्रदीपले प्राधिकरणलाई ध्वस्त बनाउँदा समेत उप–महानिर्देशकहरू टुलुटुलु हेरेर बसेका छन् । उनीहरू प्रदीपको हर्कतको साँक्षी बनेर रमिता हेरेर बसेका छन् ।
उप–महानिर्देशकहरू प्रतापबाबु तिवारी (गौतम बुद्ध नागरिक उड्डयन कार्यालय भैरहवा विमानस्थ), प्रेमनाथ ठाकुर (पोखरा नागरिक उड्डयन कार्यालय पोखरा विमानस्थ), जगन्नाथ निरौला (त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालय), ई.बाबुराम पौडेल (सिनामंग प्रधान कार्यालयमा कार्यरत), देवचन्द्रलाल कर्ण (सिनामंगलस्थित प्राधिकरणको प्रधान कार्यालय) र हंसराज पाण्डे (सिनामंगलस्थित प्राधिकरणको प्रधान कार्यालय) छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नवीना कर्माचार्य अनिवार्य अवकासमा गएकी छिन् ।
सबै उप–महानिर्देशकहरू प्राधिकरणमा प्रदीपले बबाल गर्दा समेत एक शब्द बोल्न सक्दैनन् । महानिर्देशक प्रदीपका अगाडि उप–महानिर्देशकहरू भिजेको ‘मुसा’ बनेर बसेका छन् । महानिर्देशक प्रदीपले जगन्नाथ निरौलालाई विश्वास गर्छन् । निरौलाले प्रदीपलाई बचाउन र संरक्षण गर्दै आएको आरोप छ ।
महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएर आजित बनाएको छ । कुनै पनि बेला प्रदीपविरुद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचारको अभियोगपत्र दायर गर्न सक्छ ।
प्रदीप अधिकारीको गलत निर्णय र कदमविरुद्ध आवाज उठाएर प्राधिकरणलाई बचाउने दायित्व यी उप–महानिर्देशकहरूको पनि हो । होइन भने प्राधिकरण तहस नहस बनेर समाप्त हुन सक्छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया