प्रशासकीय अधिकृत गिरीलाई अख्तियारद्वारा घुसको रकमसहित रंगेहात पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रशासकीय अधिकृत (सातौं तह) कपिल गिरीलाई २५ हजार घुसको रकमसहित पक्राउ गरेको छ ।
बिहीबार अख्तियारको टोलीले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत गिरीलाई रंगेहात पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ उक्त उजुरीसँग सम्बन्धित केस मिलाई दिने भनी सेवाग्राहीसँग घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस, रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
अख्तियारको कार्यालय, पोखराबाट खटिई गएको टोलीले गिरीलाई रकमसहित पोखरा महानगरपालिकाको गेट अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया