मन्त्री न्यौपानेद्वारा स्थानीय तहलाई राजपुर नाकाको बर्थिङ सेन्टर हस्तान्तरण

मसुरिया । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले देउखुरीमा स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टको उद्घाटन गर्दै स्थानीय तहलाई हस्तान्तरण गरेका छन् छन् ।

शुक्रबार दाङको देउखुरी, राजपुर गाउँपालिका वडा नं. ७ डगमरा नाकामा छायाँ नेपालको सहयोगमा स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टरको मन्त्री न्यौपानेले उद्घाटन गरेका हुन् । न्यौपानेले राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीलाई बर्थिङ सेन्टर पनि हस्तान्तरण गरेका छन् ।

मन्त्री न्यौपानेले छायाँ नेपाल जस्ता सामाजिक संस्थाले राजपुरको बिकट स्थानमा स्वास्थ्य इकाई तथा बर्थिङ सेन्टर बनाइदिएर ठूलो मानवीय कार्य गरेको बताए । मन्त्री न्यौपानेले सामाजिक कार्यको प्रशंसा गरेका छन् ।

राजपुर गाउँपालिकाले २० र छायाँ नेपालको ८० प्रतिशत सहयोग साझेदारीमा स्वास्थ्य इकाई तथा बर्थिङ सेन्ट निर्माण गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन यादवले बताएका छन् । यादवले भने, ‘छायाँ नेपालले राजपुर गाउँपालिकाको विकट स्थानमा बर्थिङ सेन्टर बनाएर मानवीय कार्य गरेको छ ।’

राजपुर नाका बिकट भौगोलिक अवस्थामा रहेको छ । नाकामा पुग्ना भारतको बाटो भाइ जानुपर्ने अवस्थ छ । सो समस्या अन्त्यका लागि राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले मन्त्री न्यौपानेसँग आग्रह गरेका छन् । बिकट भौगोलिक स्थानमा सञ्चार र खानेपानीको व्यवस्थाको पनि मन्त्री न्यौपानेसँग अध्यक्ष बुढाथोकीले माग गरेका छन् ।

राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती यादवले बर्थिङ सेन्टर बनाएर सहयोग गरेकोमा छायाँ नेपाललाई विशेष धन्यवाद दिएकी छिन् ।

राजपुरको विकासको लागि छायाँ नेपालसँगको सहकार्य अझै अवश्य रहेको छायाँ नेपाल कार्यकारी निर्देशक कमल थापाले बताए । देशभरि बिकट जिल्लामा शिक्षा स्वास्थ खानेपानी वातावरण र कृषिमा काम गरिरहेको थापाले बताए । थापाले राजपुर गाउँपालिकासँगको सहकार्यमा गाउँपालिकामा शिक्षा र स्वास्थमा काम गरिसकेको पनि बताए ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन यादव, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्तबहादुर डाँगी, वडा नं. ७ का वडाध्यक्ष पुष्कर ओली, वडा सदस्य प्रमोद बस्नेत लगायतले राजपुर गाउँपालिकाको विकासमा जोड दिएका थिए ।

Published : Friday, 2025 March 21, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया