ईदका दिन परेका परीक्षाहरू सार्न कांग्रेस नेता डा.अन्सारीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले मुस्लिम समुदायको पर्व ईद उल–फित्रको दिन परेका परीक्षा सार्न माग गरेका छन् ।

शुक्रबार डा.अन्सारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएर ईद उल–फित्रका दिन परेका एसईईका परीक्षाहरू अर्को दिन सार्ने व्यवस्थाका लागि माग गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक तहको दोस्रो सेमेस्टरको अन्तिम परीक्षा ईदको दिन परेको छ । त्यसलाई सार्न माग गरिएको हो ।

मुस्लिम समुदायले मनाउने ईद उल–फित्र पर्व चैत १८ वा १९ गते पर्ने डा.अन्सारीले बताएका छन् । मुस्लिम समुदायका विद्यार्थीलाई समस्या पर्ने भएकाले परीक्षा सार्नुपर्ने डा.अन्सारीले बताए ।

नेपाल सरकारले गत २०८० माघ २९ मा राजपत्रमा प्रकाशित गरेको २०८१ सालका सार्वजनिक बिदामा ईद पनि परेको छ । त्यसदिन देशभर सार्वजनिक बिदा हुन्छ ।

शैक्षिक संस्थाले सार्वजनिक बिदा हुने गरेको ईदका दिनमा पनि परीक्षा राखेका छन् । ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले परीक्षा सार्न पहल गर्ने बताइन् ।

Published : Friday, 2025 March 21, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया