एमालेको कानून विभागका केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश, सभापति देउवाद्वारा स्वागत

काठमाडौं । एमालेको कानून विभागका केन्द्रीय सदस्य तथा अधिवक्ता राजकिशोर यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा एमालेका नेता यादव कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेका नेता यादव धनुषाको सबैला नगरपालिका वडा नं. ६ निवासी हुन् ।

सभापति यादवले एमालेका नेता यादवलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन् । देउवाले नेता यादवलाई कांग्रेसमा प्रवेश गराएपछि संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।

कांग्रेस सह–महामन्त्री महेन्द्र यादव र राष्ट्रियसभाका सांसद आनन्दप्रसाद ढुङ्गानाले एमालेका नेता यादवलाई कांग्रेसमा प्रवेश गराउन विशेष भूमिका खेलेका थिए ।

नेता यादवले नेपाली कांग्रेसको लोकतान्त्रिक प्रतिबद्धता र सिद्धान्तले आफूलाई आकर्षित गरेको बताएका छन् । कांग्रेस पार्टी लोकतन्त्रका लागि निकै संघर्ष गरेको भन्दै नेता यादवले कांग्रेसको योगदानको उच्च सम्मान गर्ने बताए ।

कांग्रेस प्रवेश गरेका एमालेका नेता यादव अनेरास्ववियूका पूर्व निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । धनुषा एमालेमा यादव लोकप्रिय मानिन्छन् ।

Published : Saturday, 2025 March 22, 5:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया