प्रहरीद्वारा कोटेश्वरबाट साहलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले सुदीपकुमार साह गुप्तालाई पक्राउ गरेको छ ।
प्रहरीले साहलाई बिहीबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । साह आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर उद्योगमा संलग्न रहेको अभियोगमा संलग्न रहेको अभियोग छ ।
साह सर्लाहीको धनकौल गाउँपालिका–२ ठेगाना भई हाल भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ लोकन्थलीमा बस्दै आएका छन् ।
आपराधिक लाभ लिने उद्देश्यसहित योजनावद्ध तवरले धाकधम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा प्रहरीले साहलाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर, महादेवस्थानबाट पक्राउ गरेको थियो ।
साहलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया