रोकायलाई नेविसंघ कमर्स क्याम्पसको इकाई अध्यक्षको जिम्मेवारी प्रदान

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल कमर्स क्याम्पस इकाईको अध्यक्षको जिम्मेवारी रविन्द्र रोकायलाई प्रदान गरिएको छ ।

शनिबार पत्र लेखेर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले रोकायलाई नेपाल कमर्स क्याम्पसको रिक्त अध्यक्ष पदको जिम्मेवारी दिएका हुन् । रोकायलाई ३ महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरि अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ ।

रोकायको स्थायी घर डोटी जिल्लामा पर्छ । उनी नेपाल कमर्स क्याम्पस, मीनभवन, नयाँ बानेश्वरमा अध्ययनरत छन् ।

Published : Saturday, 2025 March 22, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया