तरुण दलका पूर्व नेताहरूकाे सानो झुण्डको भक्तपुरमा भेला

काठमाडौं । नेपाल तरुण दलका पूर्वअध्यक्ष, पदाधिकारी र सदस्यहरूले पूर्व तरुण पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रमका नाममा भेला गरेका छन् ।

शनिबार भक्तपुरको सूर्यविनायकमा रहेको होटल हेरिटेजमा तरुण दलका केही पूर्व नेताहरूको भेला भएको हो । भेलामा विनोद कार्यस्थ, पदम पालुङगा, खिमानसिंह रायमाझी, भीष्म थपलिया, भूमिराज राई, नागेश्वर यादव, नारायणप्रसाद भट्टराई, सुमन लामा, मेदनी सिटौला, रुद्र कन्दङवा, सन्तोष सुब्बा लगायतका १५/२० जनाको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसको राजनीतिमा पछाडि परेको यो समूहले तरुण दलको पुरानो नाम भजाएर राजनीति गर्ने प्रयास गरेको छ ।

Published : Saturday, 2025 March 22, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया