सभापति देउवालाई बागमती कांग्रेसका सभापति बानियाँद्वारा ग्वार्कोमा भव्य स्वागत (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले भव्य स्वागत गरेका छन् ।
आइतबार ललितपुरको ग्वाकोमा नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति र बागमती प्रदेश कार्यसमितिका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सभापति देउवालाई बानियाँले स्वागत गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्न सभापति देउवा कार्यक्रमस्थलमा प्रवेश गर्दा सभापति बानियाँसहितका नेताहरूले स्वागत गरेको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बताएका छन् ।
सभापति बानियाँले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिदिन आएकोमा सभापति देउवाप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । बानियाँले संविधान संशोधनको जिम्मेवारी र नेतृत्व लिएर अगाडि बढ्न सभापति देउवालाई अनुरोध पनि गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य उदयशम्शेर राणा, जीतजंग बस्नेत, धना खतिवडा, ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसी लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।





बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया