भविष्यका कर्णधारलाई लोकतन्त्रको लडाइँमा गोलबद्ध गराउन नेविसंघ स्थापना : तरुण अध्यक्ष गुरुङ

सिन्धुली । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रतिकूल अवस्थामा मुलुकको भविष्यका कर्णधारलाई लोकतन्त्र र नागरिक अधिकारको लडाइँमा गोलबद्ध गराउने उद्देश्यले नेविसंघको स्थापना भएको बताएका छन् ।

आइतबार सिन्धुलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा निर्वाचित नेपाल विद्यार्थी संघ (नेविसंघ)का पदाधिकारी र सदस्यहरूलाई बधाइ दिँदै अध्यक्ष गुरुङले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक लगायतका विविध आयममा विद्यार्थी संगठन स्पष्ट र ज्ञानगत हिसाबले भरिपूर्ण हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिकी सदस्य समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईं, नेपाल तरुण दल सिन्धुलीका अध्यक्ष उज्ज्वल पोखरेल, तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सिन्धुली जिल्ला तरुण दल अधिवेशन संयोजक एव केन्द्रीय सदस्य सुजन थापा मगरले नेपाल तरुण दलले सिन्धुली जिल्लामा गरेको सांगठनिक क्रियाकलापका विषयमा जानकारी गराएका छन् ।

तरुण दलको सांगठनिक कार्यक्रमका लागि सहभागी हुन मधेश प्रदेशका जिल्लातर्फ जाने क्रममा अध्यक्ष गुरुङले स्ववियु निर्वाचनमा निर्वाचित नेविसंघका पदाधिकारी र सदस्यहरूलाई बधाइ दिएका हुन् ।

Published : Sunday, 2025 March 23, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया