स्ववियु निर्वाचनमा पहिलो स्थान हासिल गरेको भन्दै कांग्रेसद्वारा नेविसंघलाई बधाई ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विजयी हासिल गरेर पहिलोस्थान प्राप्त गर्न सफल भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई बधाई ज्ञापन गरेको छ ।
आइतबार वीपीनगर, ललितपुरमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले स्ववियु निर्वाचनमा पहिलो संगठन बन्न सफल भएको भन्दै नेविसंघलाई बधाई दिएको हो ।
‘चैत ५ मा सम्पन्न स्ववियु निर्वाचनको प्रतिस्पर्धामा अधिक क्याम्पसहरूमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकोमा कार्यसम्पादन समितिको यो बैठक नेपाल विद्यार्थी संघलाई बधाई ज्ञापन गर्दछ ।’
‘देशैभरि सबै क्याम्पसहरूमा विजयी सम्पूर्ण विद्यार्थीलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सफलताको शुभकामना व्यक्त गर्दछ ।’
Published : Sunday, 2025 March 23, 9:06 pm
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया