कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू

चैत्र १०, २०८१
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा महामन्त्री श्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । बैठकको निर्णय देहाय बमोजिम रहेको छ ।
(१) समसामयिक राजनीतिक विषयवस्तु
१. नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो ।
नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ ।
२. संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ । यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।
(२) नेपाली जनसम्पर्क समिति सम्बन्धमा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण २३ देखि भाद्र १६ गतेसम्म संचालन भई बैठकबाट निर्णय भएको निर्णय नं. ४ विदेशस्थित जनसम्पर्क समितिको सम्बन्धमा विधानको धारा १४ (४), (५) र (६) लाई निलम्वन गर्ने निर्णयले केही दुविधा सृजना हुन आइरहेको सन्दर्भमा उक्त दुविधालाई स्पष्ट पार्न वाञ्छनीय भएकोले आज मिति २०८१ चैत्र १० गतेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम देहाय अनुसार हुने व्यवस्था विधानको धारा ५० (५) को अधिकार प्रयोग गरी आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने निर्णय गरिएको छ ।
१. सदस्यता : विदेशस्थित जनसम्पर्क समितिमा २ किसिमका सदस्य हुनेछन ः
१. नेपाली कांग्रेसको क्रियाशील सदस्यता
२. जनसम्पर्क समितिको सदस्यता
२. नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भए बमोजिम नेपाली कांग्रेस क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुन सक्नेछ ।
२. (क) माथि उल्लेख गरे अनुसार जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैर आवासीय नेपाली परिचयपत्र वा गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्ति समेतलाई वाधा पुग्ने
छैन ।
३. पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन अनिवार्य हुनेछ ।
४. जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको छ ।
५. यो व्यवस्था लागु हुनु पूर्व क्रियाशील सदस्यता प्राप्त गरेका विदेशी नागरिकहरुको हकमा निजहरुले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रुपान्तरित हुनेछ । साथै, निजले प्राप्त गरेको साविकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिनेछ ।
६. विदेशस्थित नेपाली जनसम्पर्क समितिले अधिवेशनबाट निर्वाचित गरी नेपाली कांग्रेसका क्रियाशील सदस्यमध्ये देहाय बमोजिमको संख्यामा केन्द्रीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पठाउने छन् ।
(क) कम्तिमा एक सय नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिको अधिवेशनबाट निर्वाचित केन्द्रीय महासमिति सदस्य एक जना हुनेछन् ।
(ख) पाँच सय वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट सात जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट तीन जना केन्द्रीय महासमिति सदस्य हुनेछन ।
(ग) दुई हजार वा सो भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका जनसम्पर्क समितिबाट चौध जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय महासमिति सदस्य हुनेछन ।
पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि संख्या तोक्दा एउटा देशबाट बढीमा चौध जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जना भन्दा बढी तोक्न सक्नेछैन ।
(३) नेपाली कांग्रेसको नियमावली, २०७६ (परिच्छेद —२) को नियम ५ (२) (च) र ५(३)(ग)मा संशोधन
क्र.सं. नियम भएको व्यवस्था हुनु पर्ने व्यवस्था कारण
१ ५(२)(च) ५(२)(च) को दोस्रो प्यारा
गाउँपालिका/नगरपालिका वडा कार्यसमितिले गाउँपालिका/नगरपालिका कार्यसमितिमा र गाउँपालिका÷नगरपालिका कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा स्थानान्तरणका लागि सिफारिश गरी
पठाउनेछ । हटाउने ।
स्थानान्तरण प्रक्रिया झन्झटिलो भएकोले सरल र सहज बनाउन, नियम ५ (२) (च) पछि च(१) थप गर्ने
नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुले आफु क्रियाशील सदस्य रहेको वडाबाट क्रियाशील सदस्यता अन्य स्थानमा स्थानान्तरण गर्न चाहेमा निजले बसाइसराईको कागजात, मतदाता परिचयपत्र र क्रियाशील सदस्यताको प्रमाण पेश गरी मतदाता नामावली रहेको स्थानबाटै नवीकरण गर्न सक्नेछ । त्यसरी नविकरण गरिएको फारम तहगत रुपमा जिल्ला हुँदै सक्कलै फारम केन्द्रमा पठाउनु पर्नेछ ।
२ ५(३)(ग) नियम ५(३)(ग) पछि ग(१) थप गर्ने
नेपाली जनसम्पर्क समितिको क्रियाशील सदस्य रहेका व्यक्तिले नेपालभित्र आफ्नो मतदाता नामावली समावेश भएको वडामा स्थानान्तरण गर्न चाहेमा मतदाता परिचयपत्र र क्रियाशील सदस्यताको प्रमाण पेश गरेमा केन्द्रीय कार्यालयले स्थानान्तरण गरिदिनेछ ।
नियम ५(३)(ग) पछि ग(२) थप गर्ने
विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु रहेका देशमा नेपालबाट क्रियाशील सदस्यता स्थानान्तरणको लागि आवेदन प्राप्त भएमा सम्बन्धित देशका संगठनमा सक्रिय भएको जनसम्पर्क समितिको सिफारिशमा केन्द्रीय कार्यालयले स्थानान्तरण गरिदिनेछ ।
(४) नेपाली कांग्रेसको नियमावली, २०७६ (परिच्छेद—७) को नियम २३ (५) मा संशोधन
क्र.सं. नियम भएको व्यवस्था हुनु पर्ने व्यवस्था कारण
१ २३(५) ……….. जिल्ला समन्वय समितिका सदस्य, गाउँ/नगर वडा अध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको दश प्रतिशत, गाउँ/नगर वडा सदस्य र कार्यपालिका सदस्यले प्राप्त गर्ने मासिक पारिश्रमिकको पाँच प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाउनु पर्नेछ । ……….. जिल्ला समन्वय समितिका सदस्य, गाउँ/नगर वडा अध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको पाँच प्रतिशत, गाउँ/नगर वडा सदस्य र कार्यपालिका सदस्यले प्राप्त गर्ने मासिक पारिश्रमिकको दुई प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाउनु पर्नेछ ।
तर यस उप नियममा जुनसुकै कुरा लेखिएको भएता पनि यस उपनियम लागू हुनुभन्दा अगाडि नियम बमोजिम जिल्ला समन्वय समितिका सदस्य, गाउँ/नगर वडा अध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको पार्टीलाई बुझाउनु पर्ने रकमको हकमा २०७९ असारदेखि २०८१ असार मसान्तसम्मको कूल रकमको दश प्रतिशतले हुन आउने एकमुष्ट रकम उप–नियम लागू भएको एक महिनाभित्र अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
त्यसैगरी गाउँ/नगर वडा सदस्य र कार्यपालिका सदस्यले प्राप्त गर्ने मासिक पारिश्रमिकको पार्टीलाई बुझाउनु पर्ने रकमको हकमा २०७९ असारदेखि २०८१ असार मसान्तसम्मको कूल रकमको पाँच प्रतिशतले हुन आउने एकमुष्ट रकम उप–नियम लागू भएको एक महिनाभित्र अनिवार्य रुपमा बुझाउनु पर्नेछ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८१ भाद्र १६ देखि भाद्र २३ गतेसम्म बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशतलाई १० प्रतिशत बनाउने निर्णय गरेकोले तल्लो तहमा माथिल्लो तह अनुरुप बनाउन आवश्यक देखिएकोले विद्यमान प्रतिशतलाई पचास प्रतिशत कम गरी सहज र व्यवहारिक बनाउन,
(५) स्ववियु निर्वाचन सम्बन्धमा
चैत ५ मा सम्पन्न स्ववियु निर्वाचनको प्रतिस्पर्धामा अधिक क्याम्पसहरुमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकोमा कार्यसम्पादन समितिको यो बैठक नेपाल विद्यार्थी संघलाई बधाई ज्ञापन गर्दछ । साथै, देशैभरि सबै क्याम्पसहरुमा विजयी सम्पूर्ण विद्यार्थीहरुलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सफलताको शुभकामना व्यक्त गर्दछ ।
(६) सिरहा घटना सम्बन्धमा
सिरहा जिल्ला औरही गा.पा. वडा नं. ५ मा विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रुपमा निन्दनीय र कानूनी रुपमा दण्डनीय अपराध हो । उक्त घटनाप्रति नेपाली कांग्रेस पार्टी घोर भत्र्सना गर्दै दोषी माथि कार्वाहीको लागि सरकारसँग माग गर्दछ । आजको नेपाली समाजमा जातका आधारमा छुवाछूतजन्य भेदभाव गर्नु अत्यन्तै दुःखद घटना हो । नेपाली कांग्रेस पार्टी आगामी दिनमा यस प्रकारका भेदभावजन्य कार्यलाई निरुत्साहित गर्न सकारसँग आग्रह गर्दछ । साथै, देशैभरि जातीय भेदभाव र छुवाछूतजन्य कार्यका विरुद्ध सामाजिक अभियान संचालनमा लाग्न पार्टी पंक्तिलाई आह्वान गर्दछ ।
(७) अनुमोदन सम्बन्धमा
नेपाली कांग्रेस (बिपी) को साधारण सदस्यता समेत परित्याग गरी नेपाली कांग्रेसमा समाहित हुनु भएका सो पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहनु भएका श्री हरिबोल भट्टराई, श्री पुष्पराज पराजुली, श्री गोविन्द शर्मा पौडेल लगायतका १२ जना साथीहरुलाई पार्टीको विभिन्न पदमा गरिएको मनोनयनलाई अनुमोदन गर्दछ ।
बैठकमा धारणा व्यक्त
आजको बैठकमा सहमहामन्त्रीहरु— श्री फरमूल्लाह मन्सुर, महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्यहरु— श्री विमलेन्द्र निधि, श्री अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, श्री बलबहादुर के.सी., श्री ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, श्री सुजाता कोइराला र एन.पी. साउँदले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
डा. प्रदिप पराजुली
का.वा.मुख्य सचिव
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया