‘चरी’सँग टक्कर लिएका ‘राधे’को भाषण भाइरल, तरुण दलको अध्यक्षमा दाबी

काठमाडौं । नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधे भण्डारीले आफ्नो वडामा नेपाली कांग्रेसको भेलामा दिएको भाषण सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विवादित पृष्ठभूमिका राधेले कांग्रेसको वडा भेलामा बबाल अभिव्यक्ति दिएका छन् । राधेको चश्मा, हातमा लगाएको पट्टी, कपडाको फ्युजन निकै बबाल देखिएको भनेर कमेन्ट गरिएका छन् ।
गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ परेर छुट्दै आएका राधे धादिङमा लोकप्रिय मानिन्छन् । युवाहरूका बीच राधे लोकप्रिय छन् । तरुण दलमा सक्रिय राधेले तरुणहरूको मन जित्न सफल भएको चर्चा धादिङमा छ ।
राधे नेपाल तरुण दल धादिङको अध्यक्ष बन्न लबिङमा लागिरहेका छन् । राधेले तरुण दलको नेतृत्व पाउने हो भने तरुण दलको संगठन निर्माणमा राम्रो भूमिका निभाउने भनेर चर्चा हुने गरेका छन् ।
कुनै बेला दिनेश अधिकारी ‘चरी’लाई साइजमा ल्याएर आफ्नो पहिचान बनाएका राधे ‘जिगरवाला’ भनेर परिचित छन् । चरीलाई ठाउँमा ल्याउने मसुर व्यक्तिमा पर्छन् राधे । धादिङका खोलानाला, बालुवा खानी, क्रसर, ठेक्कापट्टा आदिमा राधेको राम्रो पकड छ ।
युवाहरूसँग रमाइलो गर्ने, टिकट बनाउने, सामाजिक सञ्जालमा रमाउने, परेका बेला भिड्ने छवि राधेको रहेको चर्चा धादिङमा छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया