प्रधानमन्त्री ओली थाइल्याण्ड जाने, भारतीय प्रधानमन्त्रीसँग भेट हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड जाने भएका छन् ।
बिमस्टेकको छैटौँ शिखर सम्मेलन यही चैत २० देखि २२ गतेसम्म थाइल्यान्डको बैंककमा हुन लागेको छ । बिम्स्टेक शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यक्रम छ । चैत २२ गते ओली र मोदीबीच भेटवार्ता हुने सम्भावना छ ।
बैंककमा चैत २० मा बिम्स्टेक विदेश सचिवस्तरीय र चैत २१ गते विदेशमन्त्रीस्तरीय बैठक हुनेछ । चैत २२ गते बिम्स्टेक राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको बैठक हुनेछ । प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापित बिम्स्टेकमा दक्षिण र दक्षिणपूर्वी एसियाका बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात देश सदस्य छन् । बैठकमा सातै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख सहभागी हुनेछन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया