कुलमान र उनको गिरोह बलियो, सरकारकै प्रवक्तालाई थाहा नभएको कुरा समाचार बन्यो

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले कुलमानलाई कारबाही गरेको निर्णयबारे आफूलाई जानकारी नभएको बताए ।

कुलमान घिसिङ हटाएको भन्ने खबर छ नि ? भन्ने पत्रकारहरूको प्रश्नमा मन्त्री गुरुङले भने, ‘कसले, कुलमान घिसिङले भन्या ? हाम्रो सरकारलाई थाहा छैन ।’

केही राष्ट्रिय पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमले ‘स्रोत’, ‘एक मन्त्री’लाई हवाला दिएर कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रमान शाक्यलाई नियुक्त गरेको दाबी गरेका छन् । केही सञ्चारमाध्यमले त हितेन्द्रमान शाक्यलाई प्रधानमन्त्री केपी ओलीको साला भनेर पनि लेख्न भ्याएका छन् ।

सरकारकै प्रवक्ताले कुलमान घिसिङलाई हटाएको बारेमा सरकारलाई थाहा छैन भनेपछि किन र कसको उद्देश्यका कारण यसरी समाचारहरू ब्लाष्ट रुपमा प्रकाशित भएका छन् ? प्रश्न उठेको छ । सरकारले कुलमानलाई हटाए पनि कुनै अपराध गरेको छैन । कानून, विधि र प्रक्रियाअनुसार नै हटाएको होला । सरकारले कुलमानलाई हटाएर अर्को व्यक्तिलाई नियुक्ति गर्ने निर्णय गरेको रहेछ भने पनि २४ घण्टासम्म त्यो निर्णय परिपक्व हुन लाग्छ । परिपक्व भएपछि सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरेर वा विज्ञप्ति जारी गरेर सूचना दिने नियम, विधि र परम्परा छ । २४ घण्टा अगाडि नै कुलमान घिमिसङका बारेमा जसरी समाचार आएका छन् यसले प्रश्न उठाएको छ ।

केही सञ्चारमाध्यमले मन्त्रीपरिषद बैठकमै बसेको जस्तो गरेर प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक लगायतका मन्त्रीबीच भएको भनिएको सम्वादलाई प्रकाशित गरेका छन् । कुलमान घिसिङ र उनको गिरोहले सरकारविरुद्ध निकै ठूलो षड्यन्त्र गरिरहेको छ । सरकारलाई काम गर्न नदिन प्रयासमा लागेको छ ।

मन्त्रीपरिषद बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रस्ताव ल्याएका पनि हुन सक्छन् । प्रस्तावमा तर्क पनि भएको हुन सक्छ । निर्णय भएको पनि हुन सक्छ । निर्णय नहुन पनि सक्छ । त्यो निर्णय भएको छभने पनि २४ घण्टाका लागि परिपक्व बनाउन राखिन्छ । यसबीचमा निर्णयमा केही सुधार गर्नुपर्ने पनि हुन्छ ।

झिनामसिना सञ्चारमाध्यमले के लेख्छन् त्यसमा फरक कुरा रह्यो । तर, आफूलाई राष्ट्रिय दैनिक, एक नम्बर दैनिक, स्वतन्त्र, निष्पक्ष ठान्ने पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यमहरूले कुलमान घिसिङ र मन्त्रीपरिषदको निर्णयका विषयमा ती सञ्चारमाध्यमका सम्वाददाता नै बैठकमा बसे जसरी समाचार प्रकाशित गर्नुलाई कुलमान घिसिङ र उनको गिरोह कति बलियो छभन्ने देखाउँछ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले लेखेकी छिन्, ‘सबैलाई हल्ला मन पर्छ । चर्चित कुरा मन पर्छ । सत्य कुरा पच्दैन । किनकि मान्छे कामभन्दा बढि चर्चा कमाउन दौडेको छ । आजको यर्थाथ यहि हो ।’

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गुरुङले कुलमान घिसिङलाई हटाउनेबारे अनभिज्ञता प्रकट गरिरहेका बेला औपचारिक निर्णयलाई कुनै नसकेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले हल्का रुपमा टिप्पणी गरेका छन् । उनीहरू सबै कौवाको पछाडि दौडिएर प्रतिक्रिया दिएका छन् ।

Published : Tuesday, 2025 March 25, 9:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया