न्याय पाउन ओखलढुङ्गा जानुपर्छ भन्ने पद्धतिको विकास गर्नुपर्छ : सभापति खतिवडा

सिद्धिचरण । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले न्याय पाउनका लागि ओखलढुङ्गा जानुपर्छ भन्ने अवधारणा बनाउनुपर्ने बताएका छन् ।
सोमबार ओखलढुङ्गा जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सांसद समेत रहेका सभापति खतिवडाले भने, ‘कहि न्याय पाइएन भने ओखलढुङ्गामा जानुपर्छ साँच्चिकै न्याय पाइन्छ भन्ने अवधारणाको विकास होस् ।’ उनले न्याय नपाए गोरखा जानु भने उखान जस्तै ओखलढुङ्गालाई पनि बनाउनुपर्ने बताए ।
उनले भने, ‘ओखलढुङ्गाको इतिहाँसमा एउटा नयाँ आयाम थपिएको छ । ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लामध्ये सबैभन्दा उच्चतम भवन निर्माण जसको शिलान्यास पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गर्नुभएको थियो । त्यसको आज उद्घाटन गर्ने अवसर प्राप्त भयो । जसको उद्घाटन प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत आउनु भएको छ ।’
‘संसारमा सबैभन्दा ठूलो जनताको आस्था र भरोसाको केन्द्र केही हो भने त्यो न्यायपालिका हो । कहिले काहिँ आमाबुबाले छोरालाई अशं दिँदैनन्’, सभापति खतिवडाले भने ।
‘आमाबुबाभन्दा संसारमा प्यारो छोराछोरीका लागि केही हुँदैन । आमाबुबाले छोराछोरी हुर्काउँदा कहिले खाएर कहिले नखाएर हुर्काएका हुन्छन्’, उनले भने, ‘तथापि कहिले काहिँ आमा र बाबुले न्याय गरेन भने मान्छे आमाबाबु भन्दा पनि नजिक सम्झिएर न्यायपालिकामा जाने गरेको हुन्छ ।’
उनले भने, ‘न्यायपालिका भनेको त्यस्तो भरोसाको केन्द्र हो । जहाँ जाँदा हामीलाई अन्याय भयो भन्ने शब्द हुँदैन भन्ने भानका साथ स्थापना भएका न्यायपालिका मध्ये ओखलढुङ्गा जिल्ला अदालतको भवन भव्य बनेको छ ।’
‘भवन मात्रै भव्य रुपमा स्थापित नहोस् । न्याय माग्न आउने मान्छेहरू भवन जति सुन्दर छ, जति राम्रो छ भोलिका दिनमा त्यस्तै सुन्दर न्याय पाएर अदालतबाट बाहिरिने अवस्था सिर्जना होस्’, सभापति खतिवडाले भने ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया