प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

काठमाडौं । एमाले निकटका पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।

दैनिक नेपाल डटकमका सम्पादक समेत रहेका पाण्डे चैत १० देखि १२ गतेसम्म विराटनगरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा चेतन अधिकारी, महिला उपाध्यक्षमा कृपाा भण्डारी सर्वसम्मत भएका छन् ।

महासचिवमा हिरामान लामा, उप–महासचिवमा हिराबल्लभ नेपाल, सचिवरूमा विष्णु तारुके, प्रदीप आचार्य, बिक्रम लुईंटेल, नरेश भण्डारी चयन भएका छन् ।

निर्वाचन आयोगको अध्यक्षमा गणेश खनाल, नीति अनुसन्धान आयोगको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ, लेखा आयोगको अध्यक्षमा अर्जुन श्रेष्ठ र अनुशासन आयोगको अध्यक्षमा समिर बलामी चयन भएका छन् ।

सचिवालय सदस्यमा शिवक्त आचार्य, प्रकाश सिलवाल, निरजराज जोशी, कोशी प्रदेश ईञ्चार्जमा नुतन श्रेष्ठ, मधेश प्रदेश ईञ्चार्जमा अच्युत पौडेल चयन भएको निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले बताएका छन् ।

Published : Tuesday, 2025 March 25, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया