हो त्यही भएर गगन-विश्व-शेखरमा नेतृत्व क्षमता छैन, २४ घण्टा कुर्न सकेनन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला गम्भीर मोड र चुनौतीसँग सामना गर्न नसकेर भाग्छन् भन्ने उनीहरूका हरेक गतिविधिले पुष्टि गरिरहेको छ ।
गगन, विश्व र शेखरमा नेतृत्व क्षमता छैन भन्ने कुरा धेरै लामो समयदेखि कांग्रेसभित्र उठ्दै आएको छ । यी ३ नेताहरूमा नेतृत्व क्षमता छैन । कांग्रेसले जति नै गम्भीर अवस्था आउँदा पनि पार्टीभित्र आन्तरिक छलफल गरेर प्रतिक्रिया दिने गरेको छ । बरु ढिला प्रतिक्रिया आउँछ । तर, सहि प्रतिक्रिया आउने गरेको छ । विरोध नै गर्नुछ भने पार्टीभित्र गर्नुपर्ने थियो । उनीहरू अल्लारे ठिटौली हुन् भन्ने गतिविधिले पुष्टि गरेको छ ।
गगनसँग नेतृत्व क्षमता नभएकै कारण नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष बन्न सकेनन् । महामन्त्रीमा चित्त बुझाएर कांग्रेसको राजनीतिमा हामफाले । विश्व पटक पटक पराजित भएर आजित बनेका थिए । कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि त्यही गठबन्धनको भरमा विश्वले जितेर प्रतिनिधि सभामा छिर्न पाएका हुन् ।
शेखर सभापति पदमा पराजित भइसकेका छन् । कर्मचारी पृष्ठभूमिका शेखरमा पनि नेतृत्व क्षमता छैन भन्ने आरोप छ । सुनिल शर्मा जस्ता बदनाम र विवादित व्यक्तिहरूको भरमा राजनीति गर्दै आएका शेखर पनि राम्रो क्षमता भएका नेता होइनन् भन्ने आफ्नै गतिविधिले पुष्टि गरिरहेका छन् ।
विगतमा गिरिजाप्रसाद कोइरालाले नरोकेको भए शेखर अहिले माओवादीको नेता बनेर बसेका हुन्थे । तत्कालीन समयमा माओवादीबाट मनोनीत सांसद बन्न शेखरले गिरिजाबाबुसँग बिदा भएर महाराजगञ्जस्थित निवासबाट बाहिरिएका थिए । गिरिजाबाबुले प्रचण्डलाई फोन गरेर शेखरलाई मनोनीत सांसद नबनाउनु है भनेर दबाब दिएपछि शेखर माओवादीबाट सांसद बन्ने योजना तुहिएको थियो ।
गिरिजाबाबुले सुजाता कोइराला र डा.शशांक कोइरालासँग त्यो बेला शेखरको विश्वास नगर्नु भनेर भनेका थिए । गिरिजाबाबुको त्यहि कुराका कारण सुजाता कोइराला र डा.शशांक कोइरालाले शेखर कोइरालालाई विश्वास गर्दैनन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कुरा जबरजस्त रुपमा बाहिर आएको छ । सरकारले हटाएको भनेर समाचार आएका छन् । ती समाचारलाई आधार मानेर गगन, विश्व र शेखरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनीहरूले प्रतिक्रिया दिन किन यति धेरै हातार गरेका हुन् प्रश्न उठेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट कारबाही गरेर हटाएको विषयमा अनुभिज्ञता प्रकट गरेका छन् । सरकारले कुलमानलाई कारबाही गरेर हटाएको छभने पनि कुनै गल्ती गरेको छैन । सरकारले विधि, प्रक्रिया र कानूनअनुसार निर्णय गर्न सक्छ । सरकारले गरेका निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक हुन्छन् । २४ घण्टापछि आउने आधिकारिक निर्णयलाई नकुरेर महामन्त्रीद्वय गगन र विश्व तथा नेता शेखर कोइरालाले प्रतिक्रिया दिएर ठूलो भुल गरेका छन् । यही कारण उनीहरूमा नेतृत्व गर्ने क्षमता छैन ।
गगन मन्त्री भइसकेका व्यक्ति हुन् । मन्त्रीपरिषदको निर्णय प्रक्रिया र निर्णय सार्वजनिक हुने कुराबारे राम्रोसँग जानकारी गगनलाई हुनुपर्ने हो । उनी सामाजिक सञ्जाल र कुलमानको पछाडि दौडिरहेका छन् । सरकारमा कांगेस छ । निर्णय हुँदा गल्ती भएको रहेछ भने पार्टीभित्र कुरा उठाउने बैधानिक बाटो छ । गगनलाई त्यो कुराले असर गरेन ।
सरकारले हटाएको छ र विरोध गर्नुपर्छ भने कांग्रेसभित्र बैठक राखेर विरोध गर्नुपर्ने थियो । दुई महामन्त्रीले चाहने हो भने कांग्रेसको बैठक बोलाउन सभापतिसँग आग्रह गर्न सक्छन् । सभापति शेरबहादुर देउवाले दुई महामन्त्रीलाई विश्वास पनि गरेका छन् । सबै जिम्मेवारी पनि दिएका छन् । बालुवाटारमा हुने बैठकहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा जाने गरेका छन् ।
कुलमान घिसिङ सामाजिक सञ्जालमा लोकप्रिय छन् । कुलमानको समर्थन नगर्ने हो भने ०८४ को चुनावमा पराजित हुनुपर्छ की भन्ने डर गगन, विश्व र शेखरलाई छ । सोही कारण उनीहरू सरकारको आधिकारिक सूचना नआउँदै हतारमा प्रतिक्रिया दिन बाध्य भएका छन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया