दैनिक पत्रिकाका प्रधान सम्पादकसहित ३ जनाविरुद्ध आयोगद्वारा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखा अधिकृत सुमनकुमार पुरी र जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक एवम् अध्यक्ष वृजकुमार यादवविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपत्र दायर गरेको छ ।
मंगलबार आयोगले विशेष अदालतमा उनीहरूविरुद्ध ६ लाख ४४ हजार १ सय रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा सजाय, जरिवाना तथा बिगो असुल उपर हुने मागदाबीसहित अभियोग पत्र दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।
बटेश्वर गाउँपालिका अन्तर्गतका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ हाउस निर्माण कार्यको सूचना प्रकाशित नगरी झुठ्ठा विवरणसहितका पत्रिकाको आधार बनाइ उनीहरूले ६ लाख ४४ हजार १ सय भुक्तानी लिएको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको छ ।
जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. तथा उक्त कम्पनीका अध्यक्ष समेत रहेका प्रधान सम्पादक वृजकुमार यादवले बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, लेखा हेर्ने छैठौं तहका अधिकृत सुमनकुमार पुरीसँग मिलोमतोमा बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृतको सूचना छापाई गर्ने जिम्मा लिएको देखाई नियमानुसार जनकपुर टुडे राष्ट्रिय दैनिकमा सार्वजनिक प्रकाशन नगरी, नगराई लुकाई छिपाई बटेश्वर गाउँपालिकाको ठेक्काको अभिलेखमा राख्ने गरी जनकपुर टुडे राष्ट्रिय पत्रिकाको एकप्रति मात्र बोलपत्र आह्वान र बोलपत्र स्वीकृतको सूचना बटेश्वर गाउँपालिकामा पेश गरी भुक्तानी लिएको तथ्य प्रमाणमा देखिएको आयोगले जनाएको छ ।
भ्रष्टाचारमा अभियोग पत्र दायर गरिएका जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम् अध्यक्ष वृजकुमार यादव बिगतमा बीबीसी नेपाली सेवाका जनकपुरका सम्वाददाता पनि हुन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया