विद्युतीय कारोबार ऐन बजमोजिम कसूर गर्ने २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन बमोजिम कसूर गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा मोरङको रंगेली नगरपालिका–७ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय विकाश भारती र गोरखाको अजिरकोट गाउँपालिका–३ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।

बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाईन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पु¥याई अवैध लाभ लिने कार्यमा संलग्न भएको उनीहरूलाई अभियोग लागेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–९ गौशाला, बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

उनीहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2025 March 25, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया